एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने – सबै सवारी पासहरु र द्द
काठमाडौं, ३० बैशाख । एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका सबै सवारी पासहरु गृह मन्त्रालयले र,द्द गरेको छ । नेपालमा कोरोना सं,क्रमितहरुको संख्या ह्वा,त्तै बढेसँगै गृह मन्त्रालयले मंगलबार दिउँसो यस्तो निर्णय गरेको हो ।
मंगलबार मात्रै थप ७४ जनामा कोरोना पुष्टि भएसँगै एक जिल्लाबाट अर्को जिल्लामा आवत-जावत गर्न थप क,डाइ गरिएको हो । गृह मन्त्रालयको यस निर्णयलाई विहीबारदेखि लागू हुने जानकारी गराइएको छ ।
पत्रकारहरुको हकमा भने सूचना विभागको परिचय-पत्रको आधारमा आवत-जावत गर्न दिइने गृह मन्त्रालयले जानकारी गराएको छ ।


