नेपालमा एकै दिन ८३ जनामा देखियो कोरोना सं,क्रमण
काठमाडौं, ३० बैशाख । मंगलबार एकै दिन ८३ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप ९ जनामा र यस अघि १७ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो । भने बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै सं,क्रमितको संख्या २१७ पुगेको छ । अहिलेसम्म उपचारपछि ३३ जना निको भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
नयाँ संक्रमित पर्सा जिल्लाका ६ जना महिलाहरु १२ जना पुरुषहरु गरेर १८ जना । महोत्तरी जिल्लाका २ जना पुरुष, धनुषा जिल्ला निवासी २० वर्षिया महिला र ४० वर्षिया पुरुष गरी २ जना । भक्तपुर जिल्लाका २५ वर्षिया महिला र २७ वर्षिया पुरुष गरी २ जना र काठमाडौै जिल्ला निवासी ३३ वर्षिया महिला १ जना र सर्लाही जिल्ला निवासी ४५ वर्षाका पुरुष गरी जम्मा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।



