आज फेरि २४ जना थपिए कोरोना सं,क्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सं,क्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो। यसअघि बुधबार दिउँसो २ जनामा कोरोना पुष्टि भएको थियो।

साँझ कोरोना पुष्टि भएका रुपन्देही, कपिलवस्तुका छन्। उनीहरु सबैको आरडीटी परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको हो।

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना सं,क्रमण देखिएको छ। ‘पहिलो पटक देशमा स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ’, प्रवक्ता देवकोटाले भने, ‘यो विश्वव्यापी महामा,री स्थिति हो। यो असामान्य परिस्थिति हो।’

उनले सबै स्वास्थ्यकर्मीलाई सुरक्षाका उपाय अपनाएर निडर भएर काममा लाग्न आग्रह गरेका छन्। ‘हामी सबैले मिलेर काम गरेमात्र कोरोनामा सफलता मिल्ने छ। । स्वास्थ्यकर्मीको प्रमुख दायित्व सेवा दिनु हो। अग्रपक्तिमा रहेर जु,द्धने व्यक्ति लिडर तपाईंहरु नै हुनुहुन्छ। व्यक्तिगत सुर,क्षालाई ध्यान दिन अनुरोध गर्दछौँ। सुर,क्षाका उपाय अपनाएर नि,डर भएर काममा लाग्न आग्रह गर्दछौँ।’

प्रवक्ता देवकोटाले अहिले व्यक्तिगत सुर,क्षा सामग्री प्रशस्त रहेको भन्दै सुर,क्षा अपनाउन स्वास्थ्यकर्मीलाई आग्रह गरेका हुन्। उनले स्वास्थ्यकर्मीको स,म्पर्कमा आएका र उनका सहयोगीसँगै परिवार र आफन्तको तत्काल परीक्षण हुनेसमेत प्रष्ट पारे।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।