सुनसान सडकमा पूर्व राजा ज्ञानेन्द्र शाहको सवारी

काठमाडौं, २ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहको गाडी चलाउनु सोख हो । उनी काठमाडौंको व्यस्त सडकमा पनि आफै गाडी चलाउँछन् । यसपटक उनले लकडाउनको बेलामा झापाबाट काठमाडौं आउँदाको आधा बाटो आफै गाडी चलाए ।

झापा देखि बर्दिवाससम्म शाहले आफै गाडी चलाएका थिए । लकडाउनका कारण बाटो सुनसान हुँदा इमर्जेन्सी वत्ती बाल्दै बढेको थियो उनको गाडी ।

बर्दिवासबाट शाहका चालकले गाडी चलाएको बुझिएको छ । अहिले वीपी राजमार्गमा उनको गाडी बढिरहेको छ । शाहनिकटस्थका अनुसार वीपी राजमार्गमा उनका चालकले चलाइरहेका छन् । पूर्व राजा पत्नी कोमल शाहसहित झापामा फ,र्किइरहेका हुन् । अपरान्हसम्ममा शाह काठमाडौं आइपुग्नेछन् ।

यसअघि सरकारले पास रद्द गर्ने निर्णय गरेपछि शाहले हिजो पासका लागि निवेदन दिएका थिए । झापाका प्रमुख जिल्ला अधिकारीले पास दिन नमिल्ने भएपछि गृह मन्त्रालय पठाइएको थियो । मन्त्रालयबाट उनले पास पाएका थिए । पास लिएरमात्र फर्कन खोज्दा उनलाई दिन ढिलाई हुँदा स,र्वत्र चासो र च,र्चा भएको थियो ।

पूर्व राजाले काठमाडौं फर्कन पास नपाएको विषय बाहिर आएपछि सरकारको समेत आ,लोचना भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।