नेपालमा आज एकैदिन थपिए १८ जना कोरोना सं,क्रमित

काठमाडौं । शुक्रबार नेपालमा १८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मकवानपुर, बाँके, पर्सा, उदयपुर, काठमाडौं र दाङ निवासी १८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहान ९ जना संक्रमितको विवरण सार्वजनिक गरेको थियो । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताए ।यस्तै अधिकारीले नै शुक्रबार राति जारी गरेको विज्ञप्तिमा थप ९ जना पुष्टि भएपछि सं,क्रमितको संख्या २६७ पुगेको जनाइएको छ ।

जसमा पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् ।यसैगरी उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोनाको पुष्टि भएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३६ रहेको छ । बाँकी सं,क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।