कोरोनाका कारण नेपालमा पहिलो मृ,त्यु भएको पुष्टि

काभ्रे, जेठ ३ । कोरोना सं,क्रमणको कारण नेपालमा पहिलो मृ,त्यु भएको छ । ९ दिने सु,त्केरी महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृ,त्यु भएको हो ।

बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । अस्पताल उच्च स्रोतका अनुसार राति साढे ९ बजे इमर्जेन्सीमा ल्याउँदा उनको अवस्था निकै ग,म्भिर थियो । साथै स्वास फेर्न समेत निकै कठिन भइरहेको थियो । अस्पताल ल्याएको केही समयमै उनको मृ,त्यु भएको हो ।

त्यसपछि चिकित्सकले स्वाब निकालेर परीक्षण गरेका थिए । सोही अस्पतालमा स्वाब परीक्षण समेत हुने गरेको छ । स्वाब निकालेर परीक्षण गर्दा कोरोनो पोजेटिभ देखाएको थियो । त्यसलाई पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । त्यहा पनि परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनि काठमाडौं टिचिङ अस्पतालमा २३ गते बच्चा ज,न्माएर २४ गते घर फर्किएकी थिइन् । मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई टिचिङबाटै कोरोना सरेको आशं,का गरिएको छ । यद्यपी यसविषयमा थप जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिइने भएको छ ।

घर फर्किएदेखी नै ज्वरो आउने र स्वास फेर्न गा,ह्रो भएपछि बाह्विसे स्वास्थ्यकेन्द्र लगिएको थियो । त्यहा भेन्टिलेटर नभएका कारण धुलिखेल अस्पताल रेफर गरिएको थियो ।

‘हामीले अनेक प्रयास गर्यौं । स्वास फेर्न गा,ह्रो भएको थियो । ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन सकेनौं,’ त्यहा कार्यरत चिकित्सकले भन्नुभयो, ‘त्यसपछि हामीले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो । थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं ।’

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी ती महिलाको मृ,त्यु भएपछि अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन । ‘स,तर्कता अपनाएका हौं, संक्रमणको पुष्टी भइसकेको छैन,’ जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो, ‘रिपोर्ट आएपछि सोही अनुसारको निर्णय गर्छौं ।’-जनता टाइम्सबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।