सिन्धुपाल्चाेककी सु,त्केरीकाे ज्या,न जानुको कारण खुल्न बाँकी – मन्त्रालय भन्छ- थप परिक्षण भईरहेका छन, नतिजा आइसकेकाे छैन

काठमाण्डाै । सिन्धुपाल्चोककाे बाह्रबिसेकी २९ वर्षीया एक सु,त्केरीको ज्या,न जानुको कारण अझै खुलिसकेकाे छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बिफ्रिङमा सुत्केरी महिलाको ज्या,न जानुको कारण खुल्न बाँकी रहेको जानकारी गराएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सुत्केरी महिलाको गएको २४ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्राकृतिक रुपमा प्रसूति भएको र २५ गते अस्पतालबाट डिस्चार्ज गरेको जानकारी दिनुभयो । उहाँले डिस्चार्जपछि सुत्केरी महिलालाई घर लगेपछि ज्वरो र श्वा,सप्रश्वासको समस्या देखिएको खुल्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यमा समस्या भएपछि सु,त्केरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएको तर अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको पाइएको छ ।’

सु,त्केरीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाेले ज्या,न जानुको कारण नखुलेको र रिपोर्ट आएपछि औपचारिक जानकारी गराइने पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो ।

कुन प्रदेशमा कति ?
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर २ र ५ मा सबैभन्दा बढी सं,क्रमित भेटिएका छन् । दुबै प्रदेशमा गरी २ सय १८ जनामा सं,क्रमण देखिएको छ ।

यस्तै प्रदेश नम्बर १ मा ३६ र बागमती प्रदेशमा १६ जनामा सं,क्रमण देखिएको छ । यसैगरी गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३६ जना उपचारपछि घर फर्किएका छन् ।

गत २४ घण्टामा ५ हजार २ सय ४३ जनाको नमूना परीक्षण भएको छ । जसमा पिसिआर विधिबाट २ हजार ५ सय ७९ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिलेसम्म पिसिआर विधिबाट २६ हजार ६ सय ९१ र आरडिटी विधिबाट ६५ हजार ७ सय ४९ वटा परीक्षण भएका छन् । शनिबारसम्म कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भएको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर १ मा ९ हजार १ सय ११, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८७, बागमती प्रदेशमा १० हजार ४ सय ५२ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जनाको परीक्षण भएको छ ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ९०, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ जनाको आरडिटी परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । उपत्यकामा ३२ सहित देशभरीका विभिन्न अस्पतालमा ३ सय २० जना उपचाररत रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।