२० घण्टापछि पत्ता लागे दाङका कोरोना सं,क्रमित

सुरेश श्रेष्ठ, दाङ, ३ जेठ । दाङका एकजना सं,क्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ । स्वास्थ्य मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना सं,क्रमित एकजना बिरामी खोज्न स,कस भएको थियो ।

शुक्रबार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका–७ मा बिरामी नभेटिएपछि विभिन्न अ,ड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना सं,क्रमितको वास्तविक पहिचान भएको हो ।

उनी तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर मजुवाका रहेको पुष्टि भएको छ । ३४ वर्षका उनी अर्को एकजना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुगेका थिए । बिरामी कुरूवाको रूपमा रहेको उनको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । उनको अहिले शुक्रराज ट्रमा सेन्टर टेकुको आइसोलेसन वार्ड कक्षमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिनुभयो ।

पोजिटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २९ घण्टा दाङका तुलसीपुर क्षेत्र त्र,सित बनेको थियो । दाङका योसहित तीनजनामा कोरोना सं,क्रमण भेटिएको छ । गढवा गाउँपालिकाका दुईजना र तुलसीपुरको एकजना सं,क्रमित भएका छन् । गढवाको दुईजनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।