आलोचना गर्दा यथार्थ धरातलमा उभिएर छलफल गर्नुपर्छ – उपनेता नेम्बाङ

काठमाडौँ, जेठ ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रमको आ,लोचना गर्दा यथार्थमा उभिएर छलफल गरी निष्कर्षमा पुग्दा राम्रो हुने धारणा व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उहाँले नीति तथा कार्यक्रम कोरोना केन्द्रित र वर्तमान समस्यालाई सम्बोधन गर्नमा नै केन्द्रित रहेको स्पष्ट पर्नुभयो । वर्तमान स,ङ्कट सम्बन्धमा नीति निर्माणअघि पनि विभिन्न चरणमा छलफल भएको र सोहीअनुसार नै नीति कार्यक्रम आएको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमले अहिलेको कोरोेनाको स,मस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको छ । कोरोनाका स,ङ्क्रमितकोे अवस्था अहिले सामान्य छ र अझै जटिल बन्न सक्नेतर्फ सरकार सजग रहेको छ । कोरोनाको प्र,भावमा परेका समुदाय र व्यक्तिलाई राहतको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।” साथै उपनेता नेम्वाङले नीति तथा कार्यक्रमका बारेमा सदनमा उठेका आवाजलाई पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाको प्र,भावलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले विगतका सन्दर्भलाई पनि समेटेर कतिपय कुराहरु नीतिमा समेटिएका कारण विस्तृत देखिएको हुनसक्ने जानकारी दिनुभयो । यही सदनमा भएका दलहरु एकताब,द्ध भएर विगतमा संविधान जारी गरी आजको अवस्थासम्म आइपुगेको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्वाङले त्यसयता उठेका केही माग र आवाजलाई पनि छलफल गर्दै निष्कर्षमा पुग्न सकिने धारणा व्यक्त गर्नुभयो ।

अब शान्ति र प्रजातन्त्रका लागि आ,न्दोलन गर्नुपर्ने भएको बताउँदै उहाँले नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पनि चाँडै टुङ्गोमा पु¥याउने उल्लेख गरेको अवगत गराउनुभयो । शान्ति प्र,क्रियाका बाँकी काम आवश्यक कानून बनाई दुई वर्षमा टुङ्गिने र त्यो विषय नीति तथा कार्यक्रममा पनि रहेको उहाँले अवगत गराउनुभयो ।

“कोरोनाविरु,द्धको ल,डाइँमा हामी सबै एक छौँ र यसलाई निरन्तता दिएरमात्र यसविरुद्धको ल,डाइँ जि,त्न सकिन्छ । नीति कार्यक्रमले लोकतन्त्रका सम्बन्धमा संविधान भएका आधारभूत विशेषतालाई समेत उल्लेख गरेको छ”, उहाँले भन्नुभयो ।

उहाँले भू,कम्पले मुलुक क्ष,तविक्षत भएको बेला छिमेकीले ना,काबन्दी लगाएको, दुई छिमेकीले नेपाललाई नसोधी नेपालको भूमि अ,तिक्रमण भएको स्थानबारेमा गरेको सम्झौताविरु,द्ध अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यही सरकारले भूपरिवेष्टित मुलुकका रुपमा रहेको नेपाललाई भूजडित बनाएको बारेमा समेत जानकारी गराउनुभयो । साथै अब नेपालमा नाकाबन्दी नहुनेसमेत स्पष्ट पार्नुभयो ।”

निरोगी नेपाल निर्माण गर्ने, समृद्धिका लागि वन, स्वच्छ नेपाल, रोजगारी, आर्यआर्जनका साथै अब कोही भोकै पर्दैन भोकले कोही मर्दैन, कृषिलाई थप आधुनिकीकरण, स्वदेशी वस्तुको उपभोग गरौँलगायतका कार्यक्रम महत्वपूर्ण भएको बारेमा उहाँले जानकारी दिनुभयो । भ्र,ष्टाचारप्रति सरकारको शून्य सहनशीलता नीति सरकारको कार्यक्रममा समेटिएको बताउँदै उहाँले कानूनबमोजिम भ्र,ष्टाचार गर्ने जोसुकैलाई का,रवाही भएको बताउनुभयो ।

उपनेता नेम्वाङले प्रसारण लाइन निर्माण गरी भारत र बङ्गलादेशसम्म जलविद्युत् निर्यात गर्ने बारेमा समेत नीति तथा कार्यक्रममा उल्लेख छ भन्नुभयो । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नेपालका अ,तिक्रमित भूमि समेटिएर नेपालको नक्सा जारी हुने बताउँदै उहाँले सबै एकताबद्ध भएर अघि बढ्न र जनतालाई नि,राशा होइन आशा बाँडौ भन्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖