कोरोना स,ङक्रमितले भरिए अस्पताल
भैरहवा । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना स,ङ्क्रमित बिरामीले भरिएका छन् ।
प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले स,ङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।
कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्य,या रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्य,याको आवश्यकता देखिएको छ ।
अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना स,ङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताए । स,ङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् ।
अस्पतालको आइसोलेसन श्य,या भरिएपछि आपतकालीन अवस्थामा आएका थप स,ङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ ।


