कोरोना सं,क्रमणको पुष्टि भएसँगै रतुवामाईको सोनापुर गाउँ सिल गर्ने निर्णय
रतुवामाई, ५ जेठ । मोरङको रतुवामाई नगरपालिकाका एक युवकमा कोरोना सं,क्रमण पुष्टि भएपछि नगरपालिका – १ को सोनापुर क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ ।
नगरपालिकामा आज सोमबार बेलुका बसेको कोरोना भाईरस रो,कथाम प्र,तिकार्य र व्यवस्थापन कार्यदलको बैठकले कोरोना भाईरस नि,यन्त्रणका लागि वडा नम्बर १ को सोनापुर गाउँ सिल गर्ने निर्णय गरेको नगर प्रमुख रविन राईले बताउनुभयो ।
विराटनगरस्थित प्रादेशिक प्रयोगशालमा गरिएको परीक्षणमा रतुवामाई नगरपालिका – १ का २४ वर्षीय युवकमा सं,क्रमण पुष्टि भएको हो । उनी चार दिनअघि भारतको दिल्लीबाट नेपाल आएका थिए ।

ती युवकले नेपाल आएपछि परीक्षणअघि नै परिवार र स्थानीयसँग भे,टघाट गरेको पाइएको छ । परिवारसहित स,म्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । आज संक्रमण पुष्टि भएको युवकसँगै मोरङमा कोरोना सं,क्रमितको संख्या तीन पुगको छ ।


