फेरी झापामा पनि थप एक जनामा कोरोना सं,क्रमणको पुष्टि
झापा विर्तामोड । झापामा थप एक जनामा कोरोना सं,क्रमणको पुष्टि भएको छ । कचनकवल गाउँपालिका –६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
चार दिनअघि भारतबाट आएका व्यक्तिमा आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि बिराटनगर पठाइएको थियो । आधिकारिक स्रोतले बताए अनुसार ती व्यक्तिमा कोरोना पुष्टि भएको हो । यो सँगै झापामा कोरोना सं,क्रमितको संख्या ३ पुगेको छ ।
यसअघि झापाको दमक, बाह्रदशीमा एक÷एक जनामा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको छ ।


