बीरगंजमा एकै परिवारका १८ जना संक्रमित निको भए – नेपालमा निको हुनेको संख्या १ सय ५ पुग्यो

काठमाण्डौ । आइतबार बेलुका पर्साका एकै परिवारका १८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । बीरगञ्जस्थित नाराययणी अञ्चल अस्पतालबाट २ महिनाका बालकसहित १८ जना कोरोना भाइरसलाई पराजित गरी डिस्चार्ज भएका हुन् ।

नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत उनीहरु बीरगञ्ज महानगपालिका–३ का स्थानीय बासिन्दा हुन् ।

गत वैशाख २४ गते कोरोना पुष्टि भएका उनीहरू एकै परिवारका ४ महिने शिशुदेखि ६६ वर्ष उमेरका ११ पुरूष र ७ महिला छन्। उनीहरूको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

यसअघि पनि शनिबार जेठ १० गते नारायणी अस्पतालमा उपचार गराईरहेका ९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए।

नारायणी अस्पतालको आईसोलेशनमा उपचार गराईरहेका ६२ जना मध्ये १८ जना निको भई घर फर्केका हुन् । नेपालमा उपचारपछि निको हुनेको संख्या १ सय ५ पुगेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।