विगतकै जस्तो बजेटः क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भयो – बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकराले आर्थिक वर्ष २०७७ ७८ को लागि आज ल्याएको बजेट विगतकैजस्तो भएको टिप्पणी गरेका छन् । उनले यो बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको पनि बताए ।

त्यस्तै, उनले बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले भने,‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ त्यस्तै, उनले कृषि क्षेत्रमा पनि बजेट नपुगेको गुनासो गरे । उनले बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।