प्रदेश १ बाट आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किए

विराटनगर, जेठ २२ । प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड—१९) लाई पराजित गरेर घर फर्किएका छन् । आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ । यतिबेला १२३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् ।

प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।