राष्ट्रियसभा बैठकः स्टाण्डर्ड नाप र तौल विधेयक स्वीकृत

काठमाडौँ, जेठ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘स्टाण्डर्ड नाम र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा सहभागी सांसद कोमल वली, ठगेन्द्रप्रकाश पुरी र अनिता देवकोटाले, रामनारायण बिंडारीलगायतले विधेयकका कतिपय पुराना प्रावधानलाई समयसापेक्ष बनाइपनुपर्ने तथा जरिवानाका विषयलाई वैज्ञानिक एवम् वस्तुनिष्ठ बनाइनुपर्ने बताउनुभयो ।

सांसदको जिज्ञासामा उद्योगमन्त्री भट्टले प्रस्तुत विधेयक समयसापेक्ष तथा व्यावहारिक रहेकाले कार्यान्वयनका क्रममा कुनै कमजोरी देखिए सच्याएर जान सकिने धारणा राख्नुभयो ।

यस्तै बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । विधान व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते बिहान ११ बजे बस्नेछ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।