बन्धन सिमेन्टको फोटो प्रतियोगीता – ४५१ जनाको सहभागीता

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिको उत्पादन बन्धन सिमेन्टले आयोजना गरेको फोटो प्रतियोगीता २०७७ मा ४५१ जना सहभागी भएका छन । सहभागी ४५१ जनाले बन्धन सिमेन्टको आधिकारीक फेसबुक पेजमा आफ्नो फोटो पठाएर सहभागी भएका हुन् ।

कोरोना भाइरसका कारण देश लकडाउनको अवस्थामा रहेकाले मानिसको दिन कठिनाइ पुर्वक बितिरहेको अवस्थालाई मध्यनजर गरेर घरबसी सहभागीहरुलाई मनोरञ्जन गराउने र पुरस्कार वितरण गर्ने उदेश्यले फोटो प्रतियोगीता आयोजना गरिएको बन्धन सिमेन्टका ब्राण्ड मेनेजर अर्जुन पौडेलले जानकारी दिए ।

फोटो प्रतियोगीतामा सहभागी प्रतिस्पर्धीहरुबाट सबै भन्दा धेरै लाइक पाउने मध्ये ४ जना विजेताले पुरस्कार पाउनेछन् । जसमध्ये प्रथम विजेताले स्यामसुङ ग्यालेक्सी ए १० यस ब्राण्डको स्मार्ट मोबाइल प्राप्त गर्ने छन् भने दोस्रो हुने विजेताले बाल्ट्राको मिक्सर त्यसैगरी तेस्रो हुने विजेताले स्ट्याण्ड फ्यान र सानत्वना पुरस्कार स्वरुप एकजनाले आकर्षक भित्ते घडी प्राप्त गर्नुका साथै फोटोमा १ हजार लाइक प्राप्त गर्ने प्रत्येक सहभागीले रु १०० को रिचार्ज कार्ड पाउन सक्ने समेत पौडेलले जानकारी दिए ।

प्रतियोगीताको अन्तिम नतिजा असार १५ गते घोषणा गरिने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।