सवारी दु,र्घटनामा बाबुछोरासहित ७ जनाको मृ,त्यु

काठमाडौं । बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दु,र्घटनामा परी सातजनाको मृ,त्यु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठो,क्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृ,त्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठ,क्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका पाँच वर्षीय छोरा कृष्टलको मृ,त्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुबै जनाको मृ,त्यु भएको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९ वर्षीय भक्त खनालको मृ,त्यु भएको भने लम्कीचुहा नगरपालिका–८ गप्का सडकमा ट्र्याक्टरले मोटरसाइकललाई ठ,क्कर दिँदा त्यसका चालक सोही नगरपालिका–९ प्रतापपुरमा स्थायी बसोबास भएका ४० वर्षीय टेकराज घिमिरेको मृ,त्यु भएको छ ।

त्यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा रोकर राखेको ट्याङ्करलाई अर्को ट्याङकरले ठ,क्कर दिँदा रोकिएको ट्याङ्करका चालक भारतीय नागरिकको ज्या,न गएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गजरियामा बालुवा बोकेको ट्र्याक्टरले सोही गाउँपालिकाका रमेश शर्माको छोरी तीन वर्षीया सम्झना कुमारीलाई ठ,क्कर दिँदा बालिकाको घ,टनास्थलमै मृ,त्यु भएको जनाइएको छ ।

दु,र्घटनामा घा,इते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको र सवारी साधनलाई नि,यन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖