काठमाडौ उपत्यकामा पुनः कडा लकडाउन !

काठमाण्डौ । काठमाडौ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै संक्रमण कम गर्नको लागि काठमाडौ उपत्यकामा पुन १५ दिन कडा लकडाउन गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकामा पुनः एकपटक कडा लकडाउनुपर्ने सुझाव दिएका हो ।

कोरोना महामारीका कारण देशैभर गत चैत ११ बाट घोषणा गरियो उतm लकडाउन ४ महिनापछि साउन ७ गतेबाट हटाइएको थियो । लकडाउन शुरू गर्दा देशैभर जम्मा २ जनामा संक्रमण देखिएको थियो भने लक डाउन हटाउने निर्णय गरिसक्दा प्रतिदिन औसत ४ सयमा कोरोना संक्रमण भेटिएको अवस्था थियो ।

अहिले दैनि हजार देखि २५ सय भन्दा बढी संक्रमित भेटिने गरेका छन् । लकडाउन हटाएर जनजीवन सामान्यी करणतर्फ लैजानुपर्ने माग पनि आमजनताको स्तरबाट उठिरहेको थियो ।

खोप नबनेसम्म कोरोनासँग लडेरै रहनुपर्ने हुनाले व्यक्तिगत तहबाट जनस्वास्थ्यको सबै मापदण्ड अपनाउनुपर्ने, मास्क स्यानिटाइजरको प्रयोग गरिरहनुपर्ने, सामाजिक र भौतिक दूरी कायम गर्नुपर्ने जस्ता विषयहरूमा सरकार, चिकित्सक, जनस्वास्थ्य विज्ञहरूले निरन्तर दिइरहने सुझावहरू छन्् ।

तर पनि पछिल्ला केही दिनमा काठमाडौ उपत्यकामा संक्रमणको संख्या उकालो लाग्दो अवस्थामा छ भने संक्रमणका कारण हुने मृत्युको आंकडा पनि बढिरहेको छ ।

पहिलेको तुलनामा अहिले जनजिवन विस्तारै सामान्य बन्दै गएको अवस्थामा पुन लक डाउन गर्न उचित नभएको भन्दै सर्वसाधारणले विरोध गरेका छन् । सुरुवाति चरणमा गरिएको कडाउनले कुनै उपलब्धि नभएको भन्दै पुन लकडाउन नगर्न सुझाब दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे भएको छलफलमा छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । संक्रमण बढिरहेको अवस्थामा कोरोना न्यूनिकरण गर्नको निम्ति एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका हुन् ।

अहिलेको परिस्थितिमा लकडाउन गर्नु भन्दा पनि जतिसक्दो धेरै संक्रमित पहिचान गर्नको निमित कन्ट्याक्ट ट्रेसिङ गर्दै पीसीआरको दायरा बढाउनु पर्ने, गम्भीर बिरामीका लागि तत्काल उपचार, आईसीयू, अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न तर्फ सरकारले ध्यान दिनुपर्दछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।