सालको काठमा लगाइएको रोकावट खुलाउन सरकारसँग माग

काठमाडौँ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले सालका काठ, दाउराहरुको कटान, मुछान, बिक्री वितरण र ओसार पसारमा लगाइएको रोकावट खुलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घले प्रधानमन्त्रीलाई पत्र लेखेर सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले औँल्याएको विषय कार्यान्वयनका लागि आग्रह गरेको हो । समितिको प्रतिवेदनले आँैल्याएका विषय कार्यान्वयनको लागि वन तथा वातावरण मन्त्रालयलाई पठाउने मन्त्रिपरिषद्को निर्णय हालसम्म पनि कार्यान्वयन नभएको महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकालले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को गत जेठ १५ गतेको निर्णयानुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाबाहेक अन्य वन क्षेत्रका सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसार पसारमा भएको रोकावट कायमै छ । समितिको प्रतिवेदनमा वन पैदावारको बिक्री वितरण खुलाउने सम्बन्धमा गरिएका सिफारिस हालसम्म पनि कार्यान्वयन नहुँदा वन पैदावारमा आधारित उद्योगी तथा व्यवसायी अत्यन्त मर्कामा परेको उल्लेख छ ।

प्रतिवेदनमा गत जेठ १५ गते अघि नै टेण्डर भई आवश्यक प्रक्रिया पूरा भइसकेका तर उठाउन तथा ओसारपसार गर्न बाँकी रहेकालगायत सःमिलमा घाटगद्दी भइ सकेका र सःमिलमा चिरान भइसकेका काठ दाउराहरु फुकुवा गर्ने भन्ने सिफारिस छ ।

सिफारिस हालसम्म कार्यान्वयन नहँुदा उद्योग व्यवसाय सञ्चालन गर्न कठिनाइ हुनुका साथै उद्योगी व्यवसायीको करोडौँ रकम फ्रिज हुन पुगेको र बैंकबाट लिइएको ऋण रकमको ब्याज तिरिरहनुपरेको उहाँले बताउनुभयो । महासङ्घले समितिको प्रतिवेदनमा उल्लेखित सिफारिस कार्यान्वयनमा ल्याइ समस्या समाधान गरिदिनु सरकारसँग आग्रह गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖