दम्पतिद्वारा स्वास्थ्य चौकी भवनलाई ३ रोपनी जग्गा दान
नारायण कुमार राई,धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिकाका उत्तम तामाङ उनकी श्रीमती दिलुमाया तामाङले आफ्ना वडाको स्वास्थ्य चौकी भवन निर्माणका लागि ३ रोपनी जमिन दान गरेका छन् ।

हालको मुल्य अनुसार ९ देखि १२ लाख पर्ने उक्त जमिन हाल वडाको गणेशटार बजारमा नवनिर्मित स्वास्थ्य चौकी भवनलाई उनीहरुले दान दिएका हुन् ।
उप स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकी बनाउने क्रममा कतै जमिन नपाएपछि आफूहरुले निःशुल्क जमिन दान गरेको ३७ बर्षिया तामाङले धनकुटा खबरलाई जानकारी दिनुभयो ।

निर्माणाधिन चौकी राष्टिय पुनरनिर्माण प्राधिकरणको २ करोड ९० लाख लागतमा बन्न लागेको हो । उक्त स्वास्थ्य चौकी बनेपछि वडाका ५ हजार ४ सय घरधुरी लाभाम्बित हुने वडा अध्यक्ष बोधनाथ काफ्लेले जानकारी दिनुभयो ।


