पाख्रीबासमा विभिन्न पार्टी परित्याग गर्दै ३ सय ७१ जना नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिकामा आज नेपाली काग्रेसले पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ३ सय ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्रपा, नेकपा,जनतासमाजवादी लगायतका पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने र समायोजन सयौ नेता,कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, पार्टीका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञानु गुरुङ्ग,पाख्रिवासका कार्यवहाक सभापति प्रेम भण्डारी लगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री थापाले लोकतन्त्रको रक्षा अव नेपाली कांग्रेसले मात्र गर्ने सक्ने भएकोले अव कांग्रेस जनताको प्रिय पार्टी हुने वताउनु भयो । त्यस्तै केन्द्रिय आमन्त्रित सदस्य श्रेष्ठले नेकपाको सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्नुभयो ।

यता प्रदेश सभा सदस्य लिला सुब्बाले महिला हिंसा दिन प्रतिदिन बढ्दै गएकोले यसलाई रोक्नु पर्ने वताउनु भयो । पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस केन्द्रिय आदिवासी जनजाती समन्वय समितिका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई, उपसभापति नविन किशोर शाक्य, जिल्ला सदस्यहरु कमोठ फागो,जयन्द्र घिसिङ्ग,प्रदेश सभा निर्वाचन क्षेत्रिय सभापति इन्दिरा थापा,पाख्रिवास नगर कार्यवहाक सभापति प्रेम भण्डारी,नेपाल महिलमा संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला ,नेपाली कांग्रेसका यूवा नेता कृष्ण थापाले नेकपाको सरकारले असबैधानिक ढंगले संसद विघटन गरेको भन्द्र यसको सवैले प्रतिरोध गर्नु पर्ने वताएका थिए ।

नेपाली कांग्रेसका प्रवेश गर्नु हुनेहरुमा निमा तामाङ्ग,रण वहादुर राउत,विर्ख वहादुर तामाग,बिनोद तामाग,दिपक खड्का,लाल वहादुर थापा,रुपेश राई,अजय राई,गणेश गिरि,नर वहादुर गिरी, रञ्जीत राई,नर वहादुर गिरि,कुमारी भुजेल, देवि विक,गणेश गिरि,तिलक पुयाल कमला भुजेल,बिष्ण सुवेदी ,कृष्ण वहादुर राई,युद्ध राई,प्रविण राई ,कृष्ण थापा,निलम थापा,गोपाल थापा,रमेश भण्डारी,लोक वहादुर मगर,मिन कुमारराई,बलाराम थापा,गोपाल राई,अशोक राई, देव कुमार राई,बिक्रम राई,पूर्ण राई,सञ्वि राई,कृष्ण राई लगायत ३ सय ७१ जना रहेकाछन् ।

कार्यक्रमकै अवसरमा द्धन्द्धको समयमा बेपत्ता हुनु भएका उत्तम कुमार न्यौपानेका धर्मपत्नी पदम कुमारी न्यौपानेलाई सम्मान समेत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।