धनकुटाका विभिन्न ठाउंमा यसरी मनाइयो उधौली र ल्होसार

धनकुटा खबर । नेपालमा वसोवास गर्ने विभिन्न जातजातीहरुले आज आ-आफ्नो संस्कृति अनुसारका चाड पर्वहरु मनाएका छन् । जसअनुसार आदिवासी जनजाति किराँत राई, लिम्बु, याक्खा र सुनुवारहरुले आ-आफ्नो संस्कार संस्कृति अनुसार साकेला उद्यौली, चासोक तङनाम, चासुवा र फोलस्यादर ३७९९ मनाएका छन् ।

हरेक वर्षको मसिंर पूर्णिमाका दिन किराँत राईहरुले मनाउने उधौली पर्वको अवसरमा आज धनकुटा ६ को राई कुवा टोलमा नयाँ वाली भित्र्याईएको खुशीयालीमा भुमीको पूजाआराधना गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ धनकुटा र नेपाल किरात राई साकेला पार्क माङखीम संरक्षण समितिका अध्यक्ष सञ्जय सन्तोषी राईको संयोजकत्वमा सञ्चालित पूजाआराधना कार्यमा आ-आफ्नो साँस्कतिक भेषभूषामा उपस्थित किराँतीहरुले एकअर्का वीच शूभकामना आदान प्रदान समेत गरेका थिए ।

किराँतहरुको महान चाड साकेलाको उधौली र उधौंली मध्ये आज उनिहरुले उधौलि पर्व मनाएका हुन् । उभौली पर्व वैशाख पूर्णिमाको दिन मनाउने गरिन्छ । त्यस्तै गरी गुरुङ समुदायको वाहुल्यता रहेको पाख्रीवास नगरपालिकामा आज यो समुदायले तमु ल्होसार “नयाँ वर्ष” मनाएको छ ।

पाख्रीवासको वौद्ध गुम्वामा साधारण तवरले पूजाआराधना गर्दै गुरुङ समुदायले ल्होसार मनाएका हुन् । कोरोना महामारीको समस्यालाई ध्यान दिदै यो वर्ष सामान्य तरिकाले मात्र ल्होसार मनाइएको स्थानिय निरोज गुरुङले वताउनुभयो । त्यस्तैगरी विभिन्न प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले पनि आजै योमरि पुन्हि पर्व मनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।