धनकुटाका कृयाशिल राजनैतिक दलहरुले भने ओली सरकारको आयू समाप्त हुदैछ

धनकुटा । धनकुटाका कृयाशिल राजनैतिक दलहरुले प्रधानमन्त्री केपी शर्माओलीले गरेको संसद विघठन लाई संविधान बिरुद्धको कदम भएकोले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने र संसद पुन स्थापना पछि ओली सरकारको आयू समाप्त हुने बताएका छन् ।

जनता समाजबादी पाटीले धनकुटामा आज गरेको असंवैधानिक प्रतिनिधी सभा विघटन विरुद्धको अन्र्तरदलिय विरोध अन्र्तकृया कार्यक्रमा बोल्दै नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल पक्षका नेता, जनता समाजबादी पाटीका नेता लगायत धनकुटामा कृयाशिल राजनैतिक दलका नेता तथा नागरिक समाज, पत्रकार, वुद्धिजिवीहरुले संविधानको कुनै धाराले संसद विघठनको अधिकार बर्तमान सरकार लाई नदिएकोले न्यायपलिका यो असंबैधानिक कदमको पक्षमा नजाने बताएका हुन् ।

उनहरुले केपी ओली सरकार निरंकुशता तर्फ लागेकोले कुनै दल लाई फाईदा बेफाईदा भन्दा पनी संविधानको रक्षाका लागि सबैले आफ्नो आफ्नो ठाउँ बाट यो कदमकोविरोध गर्नु पर्ने बताइका छन् । कार्यक्रमा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, नेकपा धनकुटाका सचिव रिसिराम ढुङ्गगाना, नेकपा प्रदेश कमिटी सदस्य धर्मराज पौडेल, जनता समाज वादीपाटीका केन्द्रिय सदस्य अर्जुन थापा, जनता समाजवादीपाटीका केन्द्रिय कार्यकारीणी सदस्य एवम् पूर्व मन्त्री रकम चेम्जोङ्ग लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।