धनकुटामा पनि निर्वाचनको तयारी,मतदान स्थल तथा केन्द्र पुनरावलोकन गर्ने निर्णय

धनकुटा,माघ ९ । मध्यावधि निर्वाचनका लागि धनकुटा जिल्लाका विभिन्न स्थानिय तहका वडाहरुमा मतदान स्थल तथा केन्द्र पुनरावलोकन गर्ने निर्णय भएको छ । आज धनकुटामा भएको सर्वपक्षिय बैठकले मतदाताहरुलाई सुविधाका लागि मतदान केन्द्र तथा स्थल पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाको आयोजनामा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा वसेको वैठकमा मतदाताहरुलाई अत्यधिक सुविधा दिन मतदान केन्द्रहरुको पुनरावलोकन गर्ने निर्णय गरिएको जनाइृएको छ । वैठकमा जिल्लाको महालक्ष्मी नगरपालिका,धनकुटा नगरपालिका,चौविसे गाउपालिकाका केही वडाहरुको मतदान केन्द्र पुनरावोलन गरी थप गर्ने निर्णय समेत भएको छ ।

सर्वपक्षिय वैठकमा नेकपा धनकुटाका सचिवालय सदस्यहरु पूर्व सांसद दुर्गा लिंखा,नरेन्द्र पोखरेल,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,राप्रपाका टिका प्रसाद घिमिरे,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,महालक्ष्मी नगरपालिकाका उप प्रमुख मञ्जु अधिकारी कार्की,पाख्रिवास नगरपालिकाका उपप्रमुख,देव कला तिम्सिना,सहिदभूमी गाउपालिका अध्यक्ष मनोज राई,छथरजोरपाटी गाउपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु,चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई,सागुरीगढी गाउपालिकाका उपाध्यक्ष बिन्द्र राईले मतदाताहरुलाई पायक तथा सुविधा पर्ने स्थलहरुमा मतदान केन्द्र राख्नु पर्नेमा जोड दिएका थिए ।

वैठकमा धनकुटा जिल्लाका निर्वाचन अधिकारी सफल पोर्तेल, सुरज श्रेष्ठ लगायतले निर्वाचन कार्यालयको तयारीको सम्वन्धमा प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी,जिल्ला समन्य समितिका समन्य अधिकारी राम नारायण श्रेष्ठ,राष्टिय अनुसन्धान धनकुटका प्रमुख तुलसी कटेल,सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,नायक सुब्बा रत्न दर्लामी लगायत समेत महत्वपूर्ण सुझाव दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।