महेन्द्र पार्कमा मन्दिर निर्माण
धनकुटा । धनकुटाको सल्लेरीमा रहेको महेन्द्र पार्कमा मन्दिर संगै आज मूर्ति स्थापना गरिएको छ ।

आज शुभसाइत गरि मन्दिरमा देविको मूर्ति स्थापना गरिएको हो । सल्लेरी क्षेत्रलार्इ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ अभियन्ताहरूको टोलीले सो क्षेत्रमा विभिन्न काम गरि रहेको अभियन्ता ठाकुरप्रसाद बरालले जानकारी दिए ।
पार्क मन्दिर निर्माणमा कुनैपनि तहको सरकारको सहयोग नलिएको अभियन्ता बरालले जानकारी दिए । उनले जनस्तरबाट पनि नमूना कार्य गर्न सकिन्छ भनेर सरकारी सहयोग नमागिएको जानकारी दिए ।


