पर्डेप नेपाल धनकुटाको २४ औ वार्षिक साधारण सभा सम्पन्न
धनकुटा ।गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम पर्डेप नेपाल धनकुटाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नरेन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि १ नं प्रदेशसभा सदस्य तथा न्याय तथा कानुन विधायन समितिका सभापति इन्द्रमणाी पराजुलीले गरिबी तथा ग्रामिण भेगका पिछडीएका वर्गहरुका लागि यो संस्थाले गरेको कार्यहरु उदाहरणीय रहेको वताउनुभयो । साधारणसभाकै अवसरमा नरेस प्रसाद श्रेष्ठको अध्यक्षतामा ७ सदस्यिय कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा नैन विश्वकर्मा,महासचिवमा मिन प्रसाद सुवेदी ,कोषाध्यक्षमा चन्द्रमाया थापा रहेका छन् । अन्य सदस्यहरुमा विमला लिम्बु र धन बहादुर मिजार छन् । सोही अवसरमा पर्णेप नेपाल धनकुटाको नवनिर्मित भवनको पनि प्रमुख अतिथि पराजुलीद्धारा समुद्द्धाटन गरिएको नवगठित कार्यसमितिका माहासचिव सुवेदीले जानकारी दिनुभयो ।


