पटेक डाँडा पर्यटन क्षेत्र बिस्तारका लागि बजेट अभाव हुंदा पर्यटन प्रवद्र्धनमा समस्या

नारायण कुमार राई,धनकुटा । धनकुटाका जिल्लाकै अग्लो पटेक डाँडा पर्यटन क्षेत्र बिस्तारका लागि बजेट अभाव हुंदा पर्यटन प्रवद्र्धनमा समस्या देखिएको स्थानियबासीहरुको भनाई रहेको छ । नेपाल सरकारको एक सय गन्तब्य मध्येको एक स्थानमा सुचिकृत यस क्षेत्रमा पूर्ण संरचना बन्न नसक्दा पर्यटकहरुले सास्ती बेहोर्नु परेको स्थानिय बासिहरुको भनाई रहेको छ ।

२०७५ सालबाट हाल सम्म छथर जोरपाटी गाउँपालिकाको पहलमा हाल सम्म सिंधुवा बजारको हलहलेबाट ११८ मिटर कच्ची सडक,२२७ मिटर सिंढी र ४६३ मिटर रेलिङ निर्माण गरिएको छ तर उक्त सिंधुवा बसन्तपुर सडक खण्डबाट उक्त डाँडा सम्म जाने कच्ची बाटोको स्तर उन्नती हुन नसक्दा पर्यटकहरुले जान कठिन भएको गुनासो गर्नेगरेको सिंधुवा बजारका रुद्र थापाले बताउनु भयो ।

थापाका अनुसार यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सिंढी सम्म जाने प्रवेश मार्गको सुधार र उक्त क्षेत्रका कालिपोखरी,सिंहदेवी मन्दिर जोड्ने बाटो सुधार तथा ग्राभेल गर्नुपर्ने माग गर्नुभयो । त्यस्तै सिंधुवा बजारका सन्जोग लिम्बूले पनि फेसबुकमा हेरेर तराईबाट पर्यटकहरु आउने गरेपनि कच्ची सडकबाट मोटरसाईकल लान नसक्दा आफूहरुलाई गुनासो गर्नेगरेको जानकारी दिनुभयो ।

उक्त क्षेत्रको पूर्वाधार बिकासका लागि करिव ४ करोड लाग्ने भए पनि हाल बजेट अभावमा थप निर्माण कार्य अगाडि बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष शेर बहादुर दिम्बूले जानकारी दिनुभयो । धनकुटाका पूर्व माननिय राजेन्द्र कुमार राईको पहलमा पटेक डाँडा पूर्वाधार बिकासका लागि २०७५ साल देखि ०७७ साल सम्ममा १ करोड ५७ लाख खर्च गरिएको छ । त्यस पश्चात कोभिड १९ का कारण थप योजना तथा बजेट अभावमा उक्त क्षेत्रको बिकाश हुन नसकेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

जिल्लाको छथर जोरपाटी गाउँपालिका,महहालक्ष्मी नगरपालिका र छथर गाउँपालिका तेह्रथुमको सिमानामा रहेको यस डाँडाको उचाई समुद्री सतहबाट २,७०२ मिटरको उचाई रहेको छ । यस पटेक डाँडाबाट मकालु,कनचनजंघा लगाएत बिभिन्न हिमश्रखला र प्रदेश नं. १ का बिभिन्न जिल्लाका भू–भागको मनमोहक दृष्य हेर्न यहाँ पर्यटकहरुआउने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।