आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
धनकुटा, माघ ११ गते । धनकुटा लेडी जेसीज धनकुटाका अध्यक्ष विसिका श्रेष्ठले धनकुटा १० मा रहेको आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नूभएको छ ।

अध्यक्ष श्रेष्ठले एक समारोहका वीच जम्मा ३५ जना छात्रछात्रालाई चिसो मौसमवाट वच्नका लागि न्यानो कपडा वितरण गर्नुभएको हो । गरिव तथा असहाय विद्यार्थीहरुलाई अहिलेको चिसो मौसमवाट वच्न र केही राहात पुगोस भन्ने उद्येश्यले न्यानो कपडा वितरण गरेको वताउनुभयो ।
धनकुटा लेडी जेसीजका सहसचिव जेसी सरस्वती राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद भट्टराई, विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद भट्टराई, धनकुटा ४ मार्गेश्वरी विद्यालयका प्रधानाध्यापक श्रवणकुमार राई, धनकुटा लेड जेसीज २०२१ का प्रथम पुरुष जेसीज श्रेष्ठ, धनकुटा लेडी जेसीजका कार्यकारी उपाध्यक्षद्धय जेसी स्मिता जोशी, विपना श्रेष्ठ, उपाध्यक्षद्धय जेसी रिना श्रेष्ठ, जेसी अमृता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा धनकुटा लेडी जेसीजका संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


