सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रम

धनकुटा । शहिद सप्ताहको अवसरमा शहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले साेमवार धनकुटाको सहिद भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य सांसद लिला सुब्बा,नेवि संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगाना,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राइ,रविन्द्र नेपाली,सह-सचिव सिता श्रेष्ठ,जिल्ला सदस्य रोशेष श्रेष्ठ लगायतले शहिद श्रेष्ठको शालिकमा माल्यापर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै शहिदको सपना साकार पार्न सवै लाग्नु पर्ने वताएका थिए ।

शहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रममा हिद भीम नारायाण श्रेष्ठका छोरा मनोज नारायण श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,सदस्य मिलन खड्गी ,नेपाली कांग्रेसका क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,लगायतले समेत शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो पनि

रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात ठप्प

रसुवा । रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक वर्षदेखि ठप्प छ । आयात पनि न्यून मात्रामा भइरहेको छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको एक वर्ष पूरा भयो । अहिले नाकाबाट दैनिक चाइनिज ५ कन्टेनर मात्र सामान आयात भइरहेको छ ।

गत वर्षको माघ १५ देखि आयात प्रभावित भएको हो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण बन्द भएको आयात कोभिड–१९ देखा परेपछि ठप्पप्रायः भयो । पटक–पटक आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् । केरुङभन्दा माथि खासा, न्यालम धिङग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै सामान थन्किएको व्यापारी धर्म पौडेलले बताए । एक वर्षदेखि करिब २ सयभन्दा बढी नेपालीका खाली कन्टेनर केरुङमा नै रोकिएका छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापारीका रोकिएका सामान ल्याउन चिनियाँ भन्सार प्रशासनसँग पहल गरिरहेको जनाए । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यस नाका हुँदै ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार मूल्य बराबरको सामान आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार रुपैयाँको आयात भएको रसुवा भन्सार कार्यालयको तथ्यांक छ । आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले बताएको छ । अहिले धेरैजसो राजस्व तिर्न नपर्ने खालका सामान आयात भइरहेको छ ।

कार्यालयले चालु आवको पहिलो चौमासिकमा १ अर्ब ४ करोड ५८ लाख ७१ हजार मात्र राजस्व संकलन गरेको छ । जबकि २ अर्ब ९३ करोड ४ लाख ५२ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार विभागले चालु आवका लागि रसुवा भन्सार कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । कान्तिपुर दैनिकमा छापिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।