तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान
धनकुटा,माघ १३ । धनकुटाको पाख्रीवास नगरपालिका ४ नं वडाले तेक्वान्दो दोजाङ पाख्रीवासलाई विभिन्न आवश्यक सामाग्री प्रदान गरेको छ ।
तेक्वान्दो सिकिरहेका खेलाडीहरुलाई सहज होस् भन्ने लक्षका साथ वडाको तर्फबाट ५० हजार वरावरको चेसकभर, कि प्याड, पञ्जिङ प्याड, पञ्जिङ व्याड लगायतका सामाग्री प्रदान गरिएको ४ नं वडाध्यक्ष सोवित निरौलाले जानकारी दिनुभयो । ती सामाग्री प्रशिक्षक सन्देश तामाङलाई वडाध्यक्ष निरौलाले हस्तान्तरण गर्नुभएको थियो । खेलाडीहरुका लागि आवश्यक सामाग्री पाएसँगै आफुहरुलाई थप राहत मिलेको प्रशिक्षक तामाङले वताउनुभयो ।
हाल २४ जनाले तेक्वान्दो सिक्दै गरेको उहाँले वताउनुभयो ।
यो पनि पढ्नुहोस्…
सहकारीले खोल्यो सुपथ मूल्यका पसल
चन्द्रौटा, १३ माघ (रासस) ः
कपिलवस्तुको बुद्धभूमि–४ बुड्डीस्थित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेको छ ।
लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा सुपथ पसल सञ्चालन गरेको हो । सुपथ पसल नाम दिएर सञ्चालनमा ल्याएको उक्त पसलले सुपर मार्केटको झल्को दिने गरी सञ्चालनमा आएको छ ।
सोमबारदेखि औपचारिक रुपमा शुरु भएको सो पसलका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई रु २१ लाख अनुदान दिएको थियो । अनुदान रकममध्ये रु १६ लाख भवन निर्माणमा र रु सात लाख पसल सञ्चालनमा लगानी गरिएको छ । सुपथ पसल सञ्चालनका लागि संस्थाले थप रु ३५ लाख लगानी गरेको छ । पसल सञ्चालन भएपछि स्थानीयस्तरमा उत्पादन सामग्री बिक्री वितरणमा सहज भएको सूर्य बहुउद्देशीय सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताउनुभयो ।
पसलमा स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभोग्य हुने सामग्री खरीद बिक्री हुनेछ । सुपथ पसल सञ्चालनमा आएपछि कालोबजारी निरुत्साहित भई सहुलियत दरमा सामग्री खरीद गर्न पाउने स्थानीय रुपेशकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय कृषकले उत्पादन गरेका तरकारी, सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधँै ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसनसमेत अन्त्य हुने विश्वास गरिएको छ ।
अहिले स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनि आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी बाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताउनुभयो । सहकारीमा ८०० बढी शेयर सदस्य रहेका छन् । शेयर सदस्यका लागि विशेष छुटकोसमेत व्यवस्था गरिएको बताइएको छ ।


