स्व. राईको परिवारलाई धनकुटा सेवा समाज दक्षिण कोरियाको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण
धनकुटा,माघ १४ । धनकुटा नगरपालिका ७ का स्व. उत्तर कुमार राईको परिवारलाई आज धनकुटा सेवा समाज दक्षिण कोरियाको तर्फवाट आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामै दक्षिण कोरियामा रहेका धनकुटेलीहरुबाट संकलित ५ लाख ५ हजार रकम सहित समवेदना पत्र स्व. उत्तर कुमार की श्रीमती मञ्जु राईलाई एक कार्यक्रमको वीच धनकुटा सेवा समाज दक्षिण कोरियाका प्रतिनीधि सुजन राईले हस्तान्तरण गर्नुभएको हो । तत्कालिन समयमा धनकुटा सेवा समाज दक्षिण कोरियाको सल्लाहकार समेत रहनुभएका उत्तर कुमारको वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामै रहेको वेला २०७६ साल फागुन २६ गते असामयिक निधन भएको थियो ।
सन् २००९ मा स्थापना भई विभिन्न सामाजिक सेवामा संलग्न यस संस्थाले यसअघि पनि भूकम्प पीडित, दृष्टिविहिनहरुलाई सहयोग गर्नुका साथै खेलकुद तथा नेपाली कला संस्कृतस्कृती जगेर्नाका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको समाजका प्रतिनीधि सुजन राईले वताउनुभयो । सहयोग रकम हस्तान्तरणकै अवसरमा समाजका सल्लाहकार धनकुटा आवास गृहका संयोजक वुद्ध लिम्वुका स्व. माता पारम लिम्वु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई समाजको तर्फबाट समवेदना पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सेल्टर संयोजक वुद्ध लिम्वु,सदस्य दीपक गुरुङ,त्रीवेणी माद्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र आठपहरिया लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन सरोज भुजेलले गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्…
बाबुरामको प्रस्तावः अब सर्वदलीय सरकार
काठमाण्डौँ , १४ माघ– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसद पुर्नस्थापना भए देशमा सहमतीय सरकार बन्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
भट्टराईले सहमतीय सरकारले सहमतिमै संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिको बाटोमा लान सक्ने बताए । भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको रहेको भन्दै यस्तो बेला कुन बाटो हिंड्ने भन्नेमा सबैले सोच्नुपर्ने उल्लेख गरे । ‘कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘अग्रगमनको बाटो भनेको संसद पुनर्स्थापना हो ।’
मुलुकमा चुनाव पनि नहुने, संकटकाल लाग्न सक्ने, संविधानकै खारेजी हुन सक्ने तथा आन्दोलन र विदेशी हस्तक्षेप हुने दाबी भट्टराईको छ ।


