नेबिसंघ धनकुटाद्वारा सपथ ग्रहण
धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाको जिल्ला कार्य समितिको पदाधीकारीले आज सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेस धनकुटाका उपसभापति तथा विद्यार्थी विभाग प्रमुख नविन किशोर शाक्यले पुर्नगठित नेवि संघ धनकुटा जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
सपथ ग्रहण कार्यक्रममा नेवि संघ धनकुटका पूर्व अध्यक्षहरु नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई, पार्टीका नगरका सभापति रोशन श्रेष्ठ उपसभापति मिलन खड्गी, नेपाल महिला संघ धनकुटाका उपाधयक्ष अम्विका धमला लगायतले यूवा विद्यार्थीहरुले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि फेरी एक पटक आन्दोलन गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा धमला,सहसचिवद्धय टिकाराम पौडेल र भिम दाहाल र कोषाध्यक्षमा दुर्गा गोङ्वा र सदस्यहरु टंक वहादुर पौडेल,सविना कार्की,,विवस पोख्रेल, प्रिती राई, आकृती राई,रजनी कुलुङ,कृष्ण प्रसाद पराजुली, चन्द्र अधिकारी, दिनेश विक्रम थापा,केशव भण्डारी,सम्द्री थापा,अनुशिखा श्रेष्ठ,मनिशा खनाल,निशान घिमिरे,सुशिल ढुंगाना,जापनी राई,कमल वस्नेत,इन्द्र वहादुर विष्ट,सुरेन्द्र प्रसाद कटेल,मेघराज खड्का,पूर्ण वहादुर राई,सन्जोक राई, सौजन्य राइले सपथ दिई नेपाल विद्यार्थी संघ धनकुटालाई नया ढंगबाट परिचालिन गरी सशक्त र सक्रिय बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यो पनि पढ्नुहोस्…
कोरोनाविरुद्धको खोप अभियान पर्वतमा शुरु
पर्वत, १४ माघ (रासस) ः पर्वतमा पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु भएको छ ।
पहिलो चरणको खोप अभियानअन्तर्गत आजदेखि जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीबाट खोप लगाएर अभियान थालिएको हो । जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटा र स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
यो अभियान यही माघ १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । अभियानअन्तर्गत पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत व्यक्तिलाई खोप लगाउन आह्वान गरिएको हो । पहिलोचरणका कार्यक्रमअन्तर्गत कुश्मा नगरपालिका कार्यक्षेत्र भएका ३०५, पर्वत अस्पतालमा कार्यरत ८२, स्वास्थ्य कार्यालयमा कार्यरत १२ र शव व्यवस्थापनमा खटिएका चार सुरक्षाकर्मी गरी १३३ लाई आज खोप लगाउने कार्य भइरहेको र आजै १०० बढीले खोप लगाइसकेका छन् ।
अभियानअन्तर्गत जिल्लाभरका स्वास्थ्य संस्थामा कार्यरत एक हजार २३१ स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि खटिएका चार नेपाली सेनाका सुरक्षाकर्मी गरी एक हजार २३५ जनालाई खोप दिने भएको छ ।
अभियानअन्तर्गत पर्वतमा एक हजार ३८० डोज कोभिशिल्ड खोप भित्रिएको छ ।


