निर्वाचनका लागि धनकुटा नगरपालिकामा मतदाता अद्यावाधिक गर्ने वारे छलफल तथा अन्र्तक्रिया सम्पन्न
धनकुटा । निर्वाचनका लागि धनकुटा नगरपालिकामा मतदाता अद्यावाधिक गर्ने वारे आज कार्यक्रम सार्वजानिक गर्दै छलफल तथा अन्र्तक्रिया सम्पन्न भएको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक नाम दर्ता अधिकारी उपेन्द्र खनालले मतदाता अद्यावाधिक गर्ने विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत राम वहादुर थापा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सनतोषी राई,गैसस महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदी,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई ,नेकपा धनकुटाका नगरका अध्यक्ष अर्जुन छाराहाङ्ग,नेपाली कांग्रेस धनकुटाका नगरका उपसभापति मिलन खड्गी ,सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल ,धनकुटा नगरपालिका वडा नं। १का वडाध्यक्ष निरेन तामाङ्ग,वडा नं। ४ का वडाध्यक्ष जमशेर छारा,वडा नं। ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं। ७ का वडाध्यक्ष जंग वहादुर राई लगायतका वडाध्यक्षहरु र वडा सचिवहरुले समेत निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष गराउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सहायक नाम दर्ता अधिकारीको कार्यालय धनकुटा नगरपालिकामा स्थापना गरी धनकुटा नगरपालिकाका लागि माघ १५ गते देखी फाल्गुण २ गते सम्म मतदाता नामावाली प्रकाशन देखी दावी विरोध,नाम तथा ठेगानामा त्रुटी भए सच्याई अद्यावाधिक गर्न कार्यक्रम सार्वजानिक गरेको धनकुटा नगरपालिकाका लागि सहायक नाम दर्ता अधिकारी उपेन्द्र खनालले वताउनु भयो ।
यो पनि पढ्नुहोस्…
डायमण्ड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने
काठमाडौँ, १४ माघ (रासस) : नेपाल रत्न तथा आभूषण सङ्घले डायमण्ड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यता भएको भन्दै उक्त बाध्यताको अन्त्यका लागि आगामी तीन महिनाभित्र प्रयोगशाला सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।
सम्मेलनमा सङ्घकी अध्यक्ष ज्योत्सना श्रेष्ठले सङ्घको कार्यालयमा रु ३५ लाख लागतमा प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिनुभयो । “गरगहना किन्दा व्यवसायी नठगिउन भन्नका लागि जेम ल्याब स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । सङ्घको पुस २५ मा काठमाडौँमा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा छैटौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षसमेत रहनुभएकी श्रेष्ठले आफ्नो तीनवर्षे कार्यकालमा व्यवसायका लागि आवश्यक सुन पर्याप्तमात्रामा उपलब्धताका पहल गर्ने बताउनुभयो ।
नेपाली मौलिक गरगहना निर्माणका लागि नेपाली कालिगढलाई सीपमूलक तालिम प्रदान गर्ने, नेपाल जेम एण्ड ज्वेलरी एक्स्पोको चौँथो संस्करण आयोजना गरिनेसमेत अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । व्यवसायीका लागि आवश्यक कर्जा, पुनःकर्जा तथा कर्जा पुनर्तालिकीकरणका लागि राष्ट्र बैंकसँग समन्वय गर्ने, रत्न तथा आभूषण सङ्घलाई प्रदेशस्तरमा विस्तार गर्दै लैजाने सङ्घले जनाएको छ ।
व्यवसायका लागि आवश्यक सुन पर्याप्तमात्रामा उपलब्धताका लागि सङ्घले पहल गर्ने बताइएको छ । सङ्घका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले नेपालमा प्रत्येक दिन १० किलोग्राम मात्र सुन भित्रिने गरेको बताउँदै उक्त सुन नेपाली बजारका लागि कमी भएको उल्लेख गर्नुभयो । नेपालका लागि प्रतिदिन ३५ देखि ४० किलोग्राम सुन आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालमा हाल १५ देखि २० हजार व्यवसायीले सुन तथा हिराको व्यवसाय गर्दै आएका छन् । उक्त व्यवसायबाट देशभरका करीब छ लाख व्यक्तिले प्रत्यक्ष तथा अप्रतक्ष्यरुपमा रोजगारी प्राप्त गरेको सङ्घले जनाएको छ ।


