नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा सर्यो

धनकुटा १५ माघ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको साधारण सभा सरेको छ महासंघको १० औं साधारण सभा तोकिएको मिति माघ १७ गते हुने भनिएकोमा बिशेष कारणले माघ २० गते पाख्रिवासमा गर्ने गरि सारिएको नेपाल पत्रकार महासंघ धनकुटाका सपचव विदुर खवासले जानकारी दिनु भयो । साथै आजबसेको कार्यसमितकिो बैठकले निम्न निर्णय गरेको समेत जनायएको छ ।

१.नेपाल पत्रकार महासंघ धनकुटाका सचिव बिदुर खवासले पेश गर्नुभएको पत्रकार कल्याणकारी कोषको नियमावली २०७७ सर्वसहमतिबाट पारित गरी साधारणम सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरियो ।

२।नेपाल पत्रकार महासंघ धनकुटा शाखाले स्थापना गरेको अक्षकोष बृद्धि गर्नका लागि रु १ बाट १० लाख अभियान शुरु गर्ने निर्णय गरियो । साथै उक्त अक्षकोषका लागि पत्रकारहरुबाट दैनिक १ रुपैंयाका दरले स्वईच्छिक रुपमा संगलन गर्ने निर्णय गरियो ।

३।महासंघको १० औं साधारण सभा तोकिएको मिति माघ १७ गते हुने भनिएकोमा बिशेष कारणले हुननसकेको हुंदा माघ २० गते मंगलबार पाख्रिबास नगरपालिका ४ को पर्यटकीय स्थल सनसारीमाई सिमसारमा गर्ने निर्णय गरियो ।

४।नेपाल पत्रकार महासंघको भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरियो ।

५।नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले आफ्नो स्वर्गिय बुवाको स्मृतिमा तथा सचिव बिदुर खवासले आफ्ना स्वर्गिय हजुरबुवा हजुरआमाको स्मृतिमा बार्षिक रुपमा बितरण गर्नेगरी रु ५ हजार ५ सयका दरले रु ११ हजार १ सय १० रुपैयाको क्रियाशिल पत्रकारीता पुरस्कार स्थापना गर्ने निर्णय गरियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।