निशुल्क पशु स्वास्थ्य सिविर सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा निशुल्क पशु स्वास्थ्य सिविर सम्पन्न भएको छ । पाख्रिबास नगरपालिकाको वडा नं ६ र ८ मा आज हिजो दुइदिन सञ्चालनगरेको सिविरमा गाई,भैसी, बाखा , कुखुरा ,सुङगुर लगायत गरी ४३ हजार ८ सय २१ पशुपन्छिको उपचार गरिएको छ ।

त्यस्तै पशु बन्ध्याकरण तथा अपरेशन बोका कुखुरा १० , २२ वटा गोबरको परिक्षण गरिनुका साथै १ हजार २ सय ३० जना कृषकलाई प्राबिधिक परामर्श दिईएको पशु सेवा साखा प्रमुख गोरख बहादुर तामाङले बताउनु भयो । सिविरमा १ सय १९ घरधुरी कृषक लाभान्वित भएको पशु साखा कार्यलयले जनाएको छ ।

प्राबिधिकबाट टाढा रहेका कृषकहरुलाई स्वस्थ्य पशु पालन गरी स्वछ पशु जन्य पदार्थ दुध ,फुल र मासु उत्पादनमा प्राबिधिक परामर्श दिई जन चेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको सिविरमा ११ जना पशु प्रबिधिकहरुले सेवा दिएका थिए । शिविर उद्घाटन कार्यक्रम पशु सेवा साखा प्रमुख गोरख बहादुर तामाङ को अध्यक्षता तथा नगरका उपमेयर देबकला पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

त्यस्तै गरी वडा अध्यक्षहरु दल बहादुर तामाङ र सिता राम राईको विशेष आतिथ्य रहेको कार्यक्रममा सामाजसेवि ,बुद्धिजिवि, राजनैतिकदलका प्रमुखहरु र व्यवसायिक कृषकहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्…

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

– दाने बोहरा/सिमकोट, १५ माघ (रासस) ः हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।

लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएको छ । झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

पहिलो दिन तीनवटै गाउँपालिकाका विद्यालयमा पढाई शुरु भएकै दिन ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ । कोरोना सङ्क्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने व्यवस्था सम्बन्धित विद्यालयले गरेका छन् ।

त्यसैगरी जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पठनपाठन एकैसाथ शुरु भएको गाउँपालिकाले जानकारी दिएको छ । नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला पठनपाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थित सन्तोषजनक रहेको छ ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका १७ विद्यालयमा पठनपाठन शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमणविरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

फागुन २ गतेदेखि हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुनुपर्नेमा कोरोनाका कारण भर्खर पढाई शुरु भएकाले पठनपाठनलाई तीव्रता दिने विद्यालयले जनाएका छन् । शुक्रबारसमेत पूरा दिन पढाई सञ्चालन गर्ने विद्यालयले जनाएका छन् । पठनपाठन शुरु भएका अधिकांश विद्यालयका शिक्षक विद्यालयमा पुगिसकेको र कोही नआएको भए पनि सम्पर्कमा आइसकेको जनाइएको छ । यसअघि पुस १५ गतेदेखि अदानचुली गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भइरहेको छ भने अब तीन गाउँपालिका नाम्खा, खार्पुनाथ र चङ्खेलीमा चाँडै पठनपाठन शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलोपटक पुस माघ महिनामा पठनपाठन शुरु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।