अपाङ्गता परिचय पत्र वितरण कार्य जारी
धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकामा अपाङ्गता परिचय पत्र वितरण कार्य जारी छ । अहिले सम्म कार्यक्रममा गाँउपालिकाको ५ वटा वडाका ३ सय ५३ जनाले सेवा लिईएको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।
प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा माघ ११ गते देखि परिचय पत्र वितरण कार्यक्रम शूरु गरिएको थियोे । कार्यक्रममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत प्रारम्भिक स्वास्थ्य परिक्षण गरि अपाङ्गता परिचय वितरण वितरण भइरहेको गाँउपालिकाको प्रशासकिय प्रमुख शाक्यले बताउनु भयो । सिविरमा उनिहरुको गाँउपालिकाका स्वास्थ्या शाखाका स्वस्थ्यकर्मी तथा करुणा फाउण्डेशनका प्राविधिक टोलिले कान आखा तथा शारीरिक परिक्षण गरिरहेको उहाँले जानकारी दिनु भएको छ ।
कार्यक्रममा प्रशासकिय प्रमुख शाक्य सहित स्वस्थ्य प्रमुख फकीर मोहमद, करुणा फाउण्डेशनका फोकल पर्शन दिनेश नेपाल वडा सचिव सुमित राम लगायतको उपस्थिति रहेको थियो । गाँउपालिकाको ७ वटै वडामा सञ्चालन गरिने शिविर माघ १८ गते सम्पन्न हुने गाउपालिकाले जनाएको छ ।
यो पनि पढ्नुहोस्…
हाँडीखोला पुल शिलान्यास
मकवानपुर, १५ माघ (रासस) ः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधिले जनताको भावनालाई बुझेर दीगो विकासको अवधारणा अनुरुप विकास निर्माणका कामलाई तीव्रताका साथअघि बढाउनुपर्ने बताउनुभएको छ ।
मनहरी गाउँपालिका–३ हाँडीखोलास्थित हाँडीखोलामा निर्माण गर्न लागिएको पक्की पुलको शिलान्यास कार्यक्रममा आज उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । उहाँले उक्त पुल निर्माणको लागि चालू आव २०७७÷७८ मा एक करोड ५० लाख प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायीलगायत सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । सभाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चालू आवमा उक्त पुल निर्माणको लागि लागि रू पाँच करोड ३५ लाख ५१ हजार ५२५ बजेट विनियोजन गरिएको र निर्माण व्यवसायीबाट पनि तोकिएको समय अगावै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता प्राप्त भएको बताउनुभयो ।
भैरव नारायण गणेश जेभी नामक निर्माण व्यवसायी कम्पनीले विसं २०७९ मङ्सिर १९ गतेभित्रमा ३५ मिटर लम्बाइ र सात मिटर चौडाइको पक्की पुल निर्माण सम्पन्न गर्ने गरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको छ । गाउँपालिकाले चालु आवमा थप ४ वटा पक्की पुलको शिलान्यास गर्ने पनि गाउँपालिकाका अध्यक्ष उप्रेतीले बताउनुभयो ।


