विद्यार्थीहरुलाई लक्षित गर्दै ला’गुपदार्थ दु’र्ब्यसान सम्वन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न

धनकुटा । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै आज हिले माद्यमितक विद्यालय धनकुटा १ हिलेमा ला गुपदार्थ दु’र्ब्यसान
सम्वन्धि १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय विकृतीको रुपमा वढ्दै गएको ला गु पदार्थ दु’र्ब्यसानले समाजमै पर्ने विषयमा जानकारी गराउन कार्यक्रम अयोजना गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो ।

जिल्ला रेडक्रस शोसाईटी धनकुटाको आयोजनामा सञ्चालित कार्यक्रममा हिले मावि र आसपासका नीजि विद्यालयमा अध्ययनरत कक्षा ९ देखी १२ सम्मका झण्डै ७ सय विद्यार्थीहरुलाई जिल्ला रेडक्रस शोसाईटी धनकुटाका सभापति हरि कुमार राई,लिवर्टी नेपाल विराटनगरका सुरज जोशी र जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी सुरज जैसवालले सचेतना मूलक सन्देश प्रर्दशन गर्दै लागुपदार्थ दूव्यसन सम्वन्धि सचेत गराएका थिए ।

कार्यक्रमको सहआयोजना ब्रदर यार्ड हिले,हिले भलिवल क्लव,हिले व्याडमिण्टन क्लव,सिंजनशिल साँस्कृतीक समूहले गरेका थिए । नेपाल रेडक्रस शोसाईटी हिले उपशाखाका सभापति धिरेन थिङको अध्यक्षता तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मदरल्याड माविका प्रधानाध्यापक प्रेम सुव्वा, धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य विद्यार्थी निश्चल तामाङले राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गणेश पीठाकोटेले गर्नुभएको थियो ।

कार्यक्रमकै अवसरमा जिल्ला रेडक्रस शोसाईटी धनकुटाको तर्फबाट हिले माविका विद्यार्थीहरुलाई कोरोना संक्रमणबाट वच्नका लागि आवश्यक सावुन, वाल्टिन लगायतका सामाग्री प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्…

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

– दाने बोहरा
सिमकोट, १५ माघ (रासस) ः हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् ।

लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । सिमकोट गाउँपालिकाका निजी तथा सामुदायिक गरेर २८ विद्यालय सञ्चालनमा आएको छ । झण्डै १० महिनापछि विद्यालयमा विद्यार्थीको उत्साहजन उपस्थित रहेको मानसरोवर माध्यामिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

पहिलो दिन तीनवटै गाउँपालिकाका विद्यालयमा पढाई शुरु भएकै दिन ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ । कोरोना सङ्क्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने व्यवस्था सम्बन्धित विद्यालयले गरेका छन् ।

त्यसैगरी जिल्लाको मध्य क्षेत्रको सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पठनपाठन एकैसाथ शुरु भएको गाउँपालिकाले जानकारी दिएको छ । नयाँ शैक्षिकसत्र शुरु हुन लागेका बेला पठनपाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थित सन्तोषजनक रहेको छ ।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका १७ विद्यालयमा पठनपाठन शुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो । विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमणविरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

फागुन २ गतेदेखि हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिकसत्र शुरु हुनुपर्नेमा कोरोनाका कारण भर्खर पढाई शुरु भएकाले पठनपाठनलाई तीव्रता दिने विद्यालयले जनाएका छन् । शुक्रबारसमेत पूरा दिन पढाई सञ्चालन गर्ने विद्यालयले जनाएका छन् । पठनपाठन शुरु भएका अधिकांश विद्यालयका शिक्षक विद्यालयमा पुगिसकेको र कोही नआएको भए पनि सम्पर्कमा आइसकेको जनाइएको छ । यसअघि पुस १५ गतेदेखि अदानचुली गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भइरहेको छ भने अब तीन गाउँपालिका नाम्खा, खार्पुनाथ र चङ्खेलीमा चाँडै पठनपाठन शुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलोपटक पुस माघ महिनामा पठनपाठन शुरु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।