धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

धनकुटा, १६ माघ । शहिद दिवसको अवसरमा नेपाल विद्यार्थी संघ धनकुटाले धनकुटा अस्पतालका विरामीहरु लाई फलफूल वितरण गरेको छ ।

फलफूल वितरण कार्यक्रम पछि बोल्दै विद्यार्थीहरुले वर्तमान सरकार सहिदको योगदानको मूल्याकन गर्न भन्दा पनि शहिदको बलिदान बाट पप्त भएका उपलब्धिहरु लाई सकेसम्म नष्ट गर्न लागि परेकोले बताए साथै उनिहरुले सरकारमा रहेकाहरुले शहिदको अपमान गर्दा र योगदानको खिसिटिउरी गर्दा आफू चिन्ताहूने धारण समेत राखेका थिए ।

फलफूल वितरण कार्यक्रमा नेपाल विद्यार्थी संघ संग आवद्ध विद्यार्थीहरु सहित अन्य नेविसंघका अग्रज नेता कार्यकर्ताको समेत उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्…

पञ्चकोटमा दैनिक हजार पर्यटक !

गलकोट, १६ माघ (रासस) ः खेमराज गौतम/ केही दिनअघि बागलुङ घुम्न आउनुभएका नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली पञ्चकोट पुग्नुभयो । त्यहाँ पुगेपछि उत्साहित मुद्रामा उहाँले भन्नुभयो, “मुस्ताङ मात्र होइन, बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, नेपालकै लामो झोलुङ्गे पुलसमेत निकै आकर्षक गन्तव्य रहेछ, अब मुस्ताङ जाने र पुगेकाहरु फर्किने बेला यहाँ आउन छुटाए धेरै राम्रो गन्तव्य ‘मिस’ हुनेरहेछ ।”

पहिलोपटक नै पञ्चकोटले लोभ्याएको भन्दै अध्यक्ष थकालीले मुस्ताङपछिको उत्कृष्ट गन्तव्य पञ्चकोट बन्न सक्ने बताउनुभयो । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको पञ्चकोटमा अहिले आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति हुने गरेको छ । कोरोना भाइरसका कारण घरमै बसेका आन्तरिक पर्यटकको आकर्षण पञ्चकोट बन्दै गएको छ । कोरोनापछि पञ्चकोटमा पछिल्लो समय दैनिक पाँच सयदेखि एक हजारसम्म पर्यटक आउने गरेको पञ्चकोट विकास समितिले जनाएको छ ।

पञ्चकोटमा शुक्रबार र शनिबार पर्यटकको निकै चाप हुने गरेको छ । अन्य समय पनि दैनिक पाँच÷सात सयको हाराहारीमा पर्यटक आउन थालेका छन् । पञ्चकोटमा निर्माण भएको गरुढ शिला, शिसमहल, भौगोलिक वातावरण र त्यहाँबाट देखिने हिमशृङ्खलाले मनै लोभ्याउने गरेको पञ्चकोट घुम्न पुग्नुभएका आन्तरिक पर्यटक सुमन कार्कीको भनाइ छ । पञ्चकोटमा निर्मित धार्मिक कलाकृतिले पनि धेरैलाई लोभ्याउँछ । अहिले पञ्चकोटमा १०८ फिट अग्लो विश्व शान्ति कलश निर्माणाधीन अवस्थामा छ । पर्यटकीय मौसम र मुस्ताङको मुक्तिनाथ मन्दिरसमेत कोरोनापछि खुला भएका कारण बागलुङको पञ्चकोटमा पर्यटक बढेको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष तथा पञ्चकोट विकास समितिका उपाध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । “शुक्रबार र शनिबार एक हजारभन्दा बढी पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको पञ्चकोटमा थपिँदै गएका धार्मिक पूर्वाधारले पर्यटक आकर्षित हुने क्रम बढ्दो छ ।”

उपाध्यक्ष सापकोटाका अनुसार अबको केही वर्षमै पञ्चकोटमा दैनिक तीन हजार पर्यटक ल्याउने पञ्चकोट विकास समितिको लक्ष्य छ । जिल्ला सदरमुकामबाट पाँच किलोमिटर दूरीमा रहेको पञ्चकोट पक्की सडकका कारण आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उहाँको भनाइ छ । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विस २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिँदै आएको छ । दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै अध्ययन तथा अवलोकन र पूजापाठका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हँुदै गएको हो । पाँच वर्षदेखि निर्माणाधीन पञ्चकोटमा झण्डै रु २५ करोडभन्दा बढीको संरचना निर्माण भइसकेका छन् भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्वशान्ति कलशको रु ६० करोड लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अहिले फाउण्डेशनको काम भइसकेको छ ।

बागलुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलशसमेत निर्माण गरिँदैछ । कलश निर्माणपछि पञ्चकोटमा बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धवलागिरि निलगिरिलगायत दर्जन बढी हिमशृङ्खला देख्न सकिन्छ ।

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भइरहेका ५६७ मिटर लम्बाइको झोलुङगे पुल र कुश्मा बागलुङ जोड्ने गरी निर्माण भई सञ्चालनमा आएको बञ्जीजम्पका कारण बागलुङमा आन्तरिक पर्यटक बढिरहेको बागलुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनापछि थलिएको पर्यटन व्यवसाय क्रमशः उठ्न थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।