शहिद दिवसको अवसरमा प्रभातफेरी र श्रद्धाञ्जली कार्यक्रम
धनकुटा,माघ १६ । शहिद दिवसको अवसरमा आज धनकुटामा प्रभातफेरी र श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ ।
धनकुटा शहिद स्मृती प्रतिष्ठान,हुसाडेक नेपाल, शहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान,सहिद सरोकार समाज,सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान,सहिद परिवार संरक्षण समिति छिन्ताङ्ग,सहिद सरोकार अध्ययन केन्द्र धनकुटाको संयुक्त आयोजनामा धनकुटाको शहिद स्मतम्भ बस पार्कमा माल्यपर्ण गरी शुरु भएको प्रभात फेरीले धनकुटा बजारको परिक्रममा गरी शहिद भिम नारायण चौकमा श्रद्धाञ्जली अर्पण गरी समापन भएको थियो ।
कार्यक्रममा धनकुटा जिल्लाका सहयाक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी,सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटाका डि एप पी रामचन्द्र श्रेष्ठ,धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापा,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,फोनिजका महासचिव विदुर खवास, ,अधिवक्ता आनन्द सन्तोषी राई,युवा नेता रोशन श्रेष्ठ,नेपाल नेत्र ज्योती संघ धनकुटका अध्यक्ष रोशेष श्रेष्ठ,महिला नेता टिका भण्डारी लगायतले सहिदहरुको सपना साकार पार्न सवैले लाग्नु पर्नेमा जोड दिएका थिए ।
धनकुटा शहिद स्मृती प्रतिष्ठानका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,हुसाडेक नेपालका अध्यक्ष गिता अधिकारी,सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,महासचिव रोशन श्रेष्ठ, ,सहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष इश्वर अकेला,उपाध्यक्ष सत्य नारायण श्रेष्ठ,सहिद परिवार संरक्षण समिति छिन्ताङ्गका अध्यक्ष बलराम राई ,सहिद सरोकार ुसमाजका अध्यक्ष तिलक प्रसाद राई लगायतले सहिदलाई राज्यले अहिले पनि उपेक्षा गरिरहेको र शहिद परिवारलाई समेत सम्मान नगरेको वताउदै सहिदको सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।
सहभागी सवैले शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


