आ’गलागी पिं’डित परिवारलाई तत्काल राहत उपलब्ध गराईयो
नारायण कुमार राई,धनकुटा । आ गलागीबाट घर न’ष्ट भएका छथर जोरपाटी वडा नं. ५ शिवालय टोलका अमरबहादुर लिम्बूको परिवारलाई गाउँपालिकाको पहलमा तत्काल राहत दिईएको छ । शुक्रबार दिउँसो लागेको आ गोबाट सबै घर,धनमाल,खाद्यन्न,लत्ता कपडा न ष्ट भएका लिम्बूको परिवारलाई गाउँपालिका,जिल्ला प्रशासन,रेडक्रस,स्थानियबासी तथा समाजसेवीहरुले सहयोग गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमला श्रेष्ठको अगुवाईमा शनिबार लिम्बूको घरमा पुगेर राहत दिईएको सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै जिल्ला बिपद ब्यबस्यापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटाले नगद २० हजार,रेडक्रस सोसाईटी धनकुटाले त्रिपाल,लत्ताकपडा,भाँडावर्तन लगाएतका सामाग्री दिएको वडा अध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिनुभयो । लिम्बूको परिवारलाई बिपद परेपछि वडा कार्यलयको पहलमा स्थानिय स्तरमा बिभिन्न व्यक्तिहरुबाट रकम संकलन गरेर सहयोग गरिएको र उक्त क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
सहयोगको क्रममा स्थानिय यूवा तथा समाजसेवी बलदिप राईले लिम्बूको परिवारलाई लत्ताकपडा दिनुभएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । सुंगुरको खोलेमा लगाएर छाडिएको आ गोले कोहिपनि नभएको अबस्थामा भएको आ गलागिबाट ४ लाख भन्दा बढीको,धनमाल,लत्ताकतडा,अन्न सबै न ष्ट भएको वडा अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
र यो पनि पढ्नुहोस्…
गोदावरी खोला सफाइ १००औँ हप्तामा
ललितपुरस्थित गोदावरी नदी सफाइ अभियानको १००औँ हप्तामा विशेष कार्यक्रम आयोजना गरिएको छ । महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ जोड्ने विष्णुडोल पुल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रामेश्वर श्रेष्ठले खोलाको विस्तृत परियोजना प्रस्ताव तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो ।
प्रस्ताव स्वीकृत भएपछि तीनै तहका सरकारकाबीच समन्वय गरी नदीलाई सफा बनाउन थप सहयोग मिल्ने बताउनुभयो । अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गोदावरी खोला क्षेत्रका नगरपालिकासँग समन्वय गरी स्वच्छ राख्ने अभियानमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । १०० हप्ताको विशेष कार्यक्रमम सहभागी भएका सफाइ अभियानकर्मीले त्यस क्षेत्रमा सफाइ गरी १० मेट्रिकटन फोहर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । विगत १०० हप्ताअघिदेखि महिला र बालबालिकाको विशेष पहलमा गोदावरी खोला सफाइ हुँदै आएको छ । सफाइको नेतृत्व बेबी राजभण्डारीले गरिरहनुभएको छ ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी पनि सफाइ हुन थालेको हो । सहायक नदीसँगै उपत्यकामा चक्रपथका विभिन्न स्थान, सांस्कृतिक सम्पदालगायत स्थानमा पनि साप्ताहिक रुपमा सफाइ भइरहेको छ ।
उपत्यक बाहिर पनि प्रमुख शहर र नदी गरी १०६ भन्दाबढी स्थानमा सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट आशातीतरुपमा नदी सफा नदेखिए पनि देशभर सफाइ जागरण फैल्याउन सफल भएको छ ।
यसैबीच आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीका विभिन्न स्थान, मनोहरा, हनुमन्तेलगायत स्थानमा पनि सफाइ गरिएको छ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर जागरण फैलिए पनि स्थानीय सरकारको बेवास्ताले संस्थागतस्वरुप ग्रहण गर्न नसकेको अभियानकर्मीको गुनासो छ । नदी किनार, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाहीको अभियान चलाउन सके पनि सफाइमा ठूलो सहयोग पुग्ने विश्लेषण अभियानकर्मीको छ ।
–––


