दु,र्घटनामा दुईको मृ,त्यु, सात घा,इते
चितवन,भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठो,क्किएर प,ल्टँदा दुई जनाको मृ,त्यु भएको छ भने सात जना घा,इते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृ,त्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् ।
तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृ,त्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था ग,म्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दु,र्घटनामा परेको हो ।


