ट्र्याक्टर दु,र्घटनामा मृ,त्यु हुनेको सङ्ख्या छ पुग्यो

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दु,र्घटना हँुदा मृ,त्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृ,त्यु भएको हो ।

मृ,त्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृ,त्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । आइतबार साँझ भएको ट्र्याक्टर दु,र्घटनामा पाँच जनाको मृ,त्यु भएको थियो । मृ,त्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।

एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोला तर्फ आउँदै गरेको ना१ त ६२८२ नं को ट्र्याक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो । ट्र्याक्टर सडकबाट करीब २०० मिटर तल ख,स्दा सवार १८ जना घाइते भएका छन् ।

घा,इतेमध्ये छ जनाको अवस्था ग,म्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । एक जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।