तनहुँ र कास्कीका एक÷एक पुरुषको को,रोना स,ङ्क्रमणबाट मृ,त्यु

दमौली, गण्डकी प्रदेशमा कोरोना स,ङ्क्रमणबाट आज दुईको मृ,त्यु भएको छ । तनहुँ र कास्कीका एक÷एक पुरुषको को,रोना स,ङ्क्रमणबाट मृ,त्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृ,त्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मोटरसाइकलबाट खसेर मृ,त्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृ,त्यु भएको हो । मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ सानो डुम्रेमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । डुम्रेबाट विमलनगरतर्फ जाँदै गरेको ना ५ त २७३० नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा ९७ प १८७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोट बिदुर गाउँपालिका–१२ बस्ने २७ वर्षीय नवराज पौडेल घाइते भएका हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।