नलगाड नगरपालिकामा प्रहरीले अ,फिम खेती न,ष्ट

जाजरकोट, नलगाड नगरपालिकामा प्रहरीले अ,फिम खेती न,ष्ट गरेको छ । नलगाड–२ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताउनुभयो ।

‘‘घरेलु म,दिरा नियन्त्रण, गाँ,जाखेती न,ष्ट, जु,वाता,स नियन्त्रण तथा न्याय र शान्ति सुरक्षामा न,कारात्मक अ,सर पार्ने सबै प्रकारका गतिविधिविरुद्ध प्रहरी आ,क्रामकरूपमा लागेको छ’’, उहाँले भन्नुभयो । जनता र प्रहरीको सहकार्यले जिल्लामा अ,पराध र अ,सुरक्षा घटाउन मद्दत गर्ने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।