शैक्षिक सुधारमा योगदान पु¥याउने अभिभावकको सम्मान

काभ्रेपलाञ्चोक, सामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ विद्यालय ६५ अभिभावक तथा बेचानचोक गाउँपालिका–१ च्याम्राङबेँसीस्थित चार विद्यालका पाँच अभिभावकलाई सम्मान गरिएको छ । विद्यालयको शैक्षिक क्रियाकलाप, आफ्ना बालबालिकाको शिक्षा सुधार्ने उद्देश्यले समयसमयमा विद्यालयको निरन्तर अनुगमन–भ्रमण गर्नेमध्ये उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको नाङ्साल एशोसिएशन धुलिखेलले अध्यक्ष दिनेश लामाले बताउनुभयो ।

अध्यक्ष लामाले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा निरन्तर अनुगमन–भ्रमण, निरीक्षण गर्न थप प्रोत्साहनस्वरुप उत्कृष्ट अनुगमनकर्ता अभिभावकलाई सम्मान गरिएको बताउनुभयो । “अभिभवाक सम्मानले विद्यालयमा गुणस्तरीय आधारभूत शिक्षा प्रवद्र्धन भएको पाएका छौँ, यसले शिक्षक नियमित विद्यालयमा उपस्थित हुनेलगायत अन्य क्रियाकलापमा ठूलो मद्दत गरेको छ”, लामाले भन्नुभयो । उहाँले संस्थाको गुणस्तरीय आधारभूत शिक्षा तथा बालअधिकार प्रवद्र्धन परियोजनाअन्तर्गत हालसम्म करीब २०० उत्कृष्ट अभिभावकलाई सम्मान गरिएको बताउनुभयो ।

‘वी वल्र्ड’ नामक गैरसरकारी संस्थाको सहयोगमा एशोसिएशनले सो परियोजना जिल्लाको चार स्थानीय तहमा सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकको निरन्तर अनुगमन–भ्रमणले उल्लेख्य योगदान पुगेको बताउनुभयो । वडाध्यक्ष सोमनाथ घिमिरेले बालबालिकाको शैक्षिक सुधारका विषयमा शिक्षक–अभिभावकको छलफल निकै महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

संस्थाले अभिभावक सम्मानसँगै चार स्थानीय तहका विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार उत्कृष्ट करिब ३१३ विद्यार्थीलाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान तथा स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक राजन पौडेलले बताउनुभयो । संस्थाले हाल ६८ विद्यालयमा साबुनपानीले हात धुन खुट्टाले थिच्ने सुविधासहितको पानी ट्याङ्की, प्रत्येक विद्यालयलाई थर्मलगन तथा तीन हजार २५० विद्यार्थीलाई छ हजार ५०० धुन मिल्ने कटन मास्क तथा आवश्यक स्यानिटाइजर वितरण गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।