ट्र्याक्टरको ठ,क्करबाट एक बालकको मृ,त्यु
गोरखा,गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्या,क्टरले ठ,क्कर दिँदा एक बालकको मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठ,क्कर दिँदा उनको मृ,त्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिनुभयो । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उहाँको भनाइ छ।
घटनाको जानकारी पाएलगत्तै बङ्ुकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


