पिलुवा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारीको मृ,त्यु

किमाथाङ्का, सङ्खुवासभामा पिलुवा खोलाले बगाउँदा एकजनाको मृ,त्यु भएको छ । पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका कर्मचारीको मृत्यु भएको छ ।

मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार अपराह्न ३ः०० बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो ।

दाहालको श,व आज बिहान ७ः०० बजे घटनास्थलभन्दा एक किलोमिटर तल चैनपुर–७ मा फेला परको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्.

धनगढी, कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका युवाले ‘फुड बैङ्क’ स्थापना गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि जारी निषेधाज्ञा पनि बढ्दै गएका कारण केही नहुनेलाई परेको समस्या समाधानका लागि युवाको पहलमा ‘फुड बैङ्क’ स्थापना गरिएको हो।

महामारीको समयमा मानिसलाई खानैका लागि समस्या नहोस् भनेर स्थानीयस्तरमा समस्यामा रहेका विपन्न परिवारलाई सहयोग पुग्ने उद्देश्यले ‘फुड बैङ्क’ स्थापना गरिएको युवा धनश्याम बमले जानकारी दिनुभयो । अहिले ‘फुड बैङ्क’मा चामल, दाल, गेडागुडी, नुन, तेल, बेसारलगायत खाद्य सामग्री राखिएको उहाँले बताउनुभयो ।

दैनिक उपभोग्य सामग्रीको तालिका बनाएर ‘फुड बैङ्क’मार्फत विपन्न परिवारलाई वितरण गर्ने बताइएको छ । फुड बैङ्कमा सहयोग उपलब्ध हुने क्रम जारी रहेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।