हिमालय अनुसन्धान केन्द्र निर्माण जारी

फुङ्लिङ, ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिमालयन अनुसन्धान केन्द्र निर्माण कार्य अन्तिम चरण पुगेको छ । हिमालयन अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य जारी रहेको छ ।

फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । भवनको पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ ।

अब छानो हाल्न बाँकी रहेको छ । आवश्यक निर्माण सामग्री यस अगाडि नै ढुवानी भइसकेकाले निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न हुने कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको १२ कोटाको भवन निर्माण कार्य २०७७ असार मसान्तसम्ममा निर्माण गरी सक्नु पर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता पाएको थियो ।

हिमाली क्षेत्र भएकाले सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माण स्थलसम्म पु¥याउनु पर्ने र हिउँका कारणले वर्षको चार महिना मात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताउनुभयो । सम्झौता एक वर्ष थप गरी २०७८ असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताउनुभयो।

विश्वमा दुर्लभ सूचीमा सूचीकृत रहेका हिउँ चितुवाको अध्ययन अनुसन्धान गर्न सकिने उहाँको भनाइ छ । नेपालमा पहिलो हिउँ चितुवालाई रेडियो कलर गर्न सफल भएको क्षेत्र भएकाले यसलाई थप अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्न लागेको हो ।

कञ्चनजङघा संरक्षण क्षेत्रभित्र २० देखि २९ वटा हिउँचितुवा हरेको संरक्षण क्षेत्रले जनाएको छ । हिउँचितुवाको आहाराको रुपमा नाउर दुई हजारको हाराहारीमा रहेको छ । विश्व वन्यजन्तु कोषको सहकार्यमा अहिले नाउर गणना कार्य भइरहेको छ । विश्वको दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) कस्तुरी मृग, कोलो भालु, रुख भालु, वन कुकुर, घरलजस्ता विभिन्न वन्यजन्तुको अध्ययन अनुसन्धान गर्न सकिने फेम्बुले बताउनुभयो ।

नेपालको राष्ट्रिय पन्छी डाँफे, मुनाल, नेपालमा मात्र पाइने डाँडेभ्याकुँरा विभिन्न प्रजातिका चराचुरुङ्गी र विभिन्न जडीबुडी साथै प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालयन अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकले यहाँको अवलोकन तथा जैविक विविधताको अनुसन्धान गर्न चाहने व्यक्ति अध्ययन अनुसन्धान गर्न सक्ने छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।