चामेमा विद्युत् र खानेपानी आपूर्ति बन्द

मनाङ, केही दिनदेखि परेको पानीका कारण खोलानाला बढेपछि मनाङको चामेमा विद्युत् आपूर्ति बन्द भएको छ । वर्षाका कारण विभिन्न ठाउँमा बिजुलीका पोलहरु ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । चामे गाउँपालिका—३ नयाँबजारमा घट्टेखोलामा आएको बाढी बस्तीमा पसेपछि विद्युत् सेवा ठप्प भएको जिल्ला प्रशासन कार्यालायले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि दर्जनौँ घरधुरी अध्यारोमा बस्न बाध्य भएका छन् ।

बाढीका कारण चामेमा खानेपानी सुविधा पनि अवरुद्ध भएको छ । वर्षाले सडक तथा पुल बगाउँदा लमजुङबाट आवतजावत गर्ने यातायात विच्छेद भएको छ । निरन्तरको वर्षाका कारण चामेका ३६ घर जोखिममा परेका छन् ।

बाढी पसेको बस्तीमा आज सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहायतामा उद्धार गर्ने काम भइरहेको छ ।

पुनः खोला बस्तीतर्फ पस्न नदिन आज बिहानैबाट जनप्रतिनिधि, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहभागितामा इस्काभेटेर प्रयोग गरेर घरभित्र पसेका बालुवा फाल्ने र खोला रोक्ने काम भइरहेको छ । हिजो दिउँसो २ बजेको समयमा घट्टे खोला र ठाडो लाइन खोलाहरुबाट आएको बाढी बस्तीमा पसेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖